९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो ११ बजे सुरु हुने छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्नेछन् । आइतबार अध्यक्षको प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदन तथा पार्टी निर्णय र सरकारको कामकारबाहीबारे बोलेका थिए ।

हिजो बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी झाँगिएकोबारे चिन्ता व्यक्त गरेका थिए । त्यस्तै पहिले पार्टी निर्णय अनुमोदन गराउने र त्यसपछि छलफल गराउनु विधिसम्मत नभएको भन्दै केही सदस्यले आपत्तिक जनाएका थिए।

केन्द्रीय कमिटीको बैठक आजै सक्ने तयारी भए पनि प्रत्येक सदस्यलाई तीन–तीन मिनेट बोल्न दिइएकाले लम्बिनी सम्भावना रहेको पनि एमालेका नेताहरूले बताएका छन् ।