२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहिद कपूरको फिल्म ‘देवा’को टिजर सार्वजनिक



अ+ अ-

एजेन्सी । शाहिद कपुरको बहुप्रतिक्षित फिल्म ‘देवा’को टिजर सार्वजनिक भएको छ । जी स्टुडियो र रोय कपुर फिल्म्सद्वारा निर्मित यस फिल्मको पोस्टर केही दिन अघि रिलिज गरिएको थियो।

पोस्टरमा शाहिदको पछाडि राखिएको अमिताभ बच्चनको एग्री यंग म्यान पोस्टरले शाहिदको क्रोधित चरित्र देखिने संकेत दिएको छ । अब यसको टिजर रिलिज भएको छ जसमा शाहिदको जबरदस्त र विस्फोटक स्टाइल देख्न सकिन्छ । जसका कारण थप उत्साह थपिएको छ ।

कस्तो छ टिजर ?

देवाको टिजरमा दर्शकले देवको पागल संसार देख्न पाएका छन् । यसमा कडा एक्शन देखिएको छ । तर टिजरको विशेष कुरा यो हो कि टिजरभर देवालाई नाच्दै गरिएको देखाएको छ  र बीचमा उनको एक्शन सिन देखिन्छ ।डान्स कोरियोग्राफीमा शाहिद कपुरको फिल्म हैदरको ‘एक और बिस्मिल’ गीतको झलक देखाइएको छ । लडाइँभन्दा डान्समा बढी रिस देखिएको छ ।

देवामा बलिउडका शहेनशाह अमिताभ बच्चनको प्रभावशाली छविलाई आधुनिक ट्विस्टका साथ प्रस्तुत गरिनेछ । फिल्मलाई प्रसिद्ध मलयालम निर्देशक रोशन एन्ड्रयूजले निर्देशन गरेका हुन् भने जी स्टुडियो र रोय कपुर फिल्म्सले निर्माण गरेका हुन्।फिल्ममा शाहिद कपूर पनि पुलिसको पोशाकमा देखिएका छन् र उनीसँगै पूजा हेगडे पनि महत्त्वपूर्ण भूमिकामा छिन् । देवाको विस्फोटक एक्शन जनवरी ३१, २०२५मा सिनेमाघरहरूमा देख्न सकिन्छ।