२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः ललित एक्लैको सात विकेटमा आर्मी १२१ रनमा समेटियो



अ+ अ-

काठमाडौं । जय ट्रफी पुरुष एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १२१ रनमै समेटिएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी ३४ ओभर ४ बलमा १२१ रन बनाएर अलआउट भएको हो ।

आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, पवन कार्की १५, बसिर अहमद १२ र शाहव आलमले ११ रन बनाए ।

आर्मीलाई सस्तोमा समेट्न पुलिसका ललित राजवंशी एक्लैले ७ विकेट लिए । १४ ओभर ४ बल बलिङ गरेका ललितले ४७ रन खर्चेर ७ विकेट लिए । यस्तै, कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले एक एक विकेट लिए ।