१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी कप क्रिकेटः बागमतीविरुद्ध पहिले ब्याटिङ गर्दै मधेश



अ+ अ-

जनकपुर । ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मधेश प्रदेशले टस जितेको छ ।

जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर मधेशले बागमतीविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

खराब मौसमका कारण ९ बजेको हुने भनिएको टस ढिला भएको थियो ।

दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । क्यानका अनुसार फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, र मधेश प्रदेशको सहभागितामा आयोजना हुने यस प्रतियोगितामा सेतो जर्सी र रेड बलको प्रयोग गरिनेछ । खेल पुस २१ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने छ ।

मधेश प्रदेशको टोली

हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव

वैकल्पिक खेलाडीहरु

अरनिको यादव, विशाल सुशलिङ, राज पटेल र सफवान अलि

बागमती प्रदेशको टोली

सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी

 




भर्खरै