३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिरी ए’ मा आफ्नो शतप्रतिशत जित कायम राख्दै इन्टर मिलान



अ+ अ-

मिलान । रोमेलु लुकाकुको दुई गोलमा इन्टर मिलानले बुधबार इटालीको 'सिरी ए' मा आफ्नो शतप्रतिशत जित कायम राख्दै  बेनेभेन्टोलाई सजिलै ४–१ ले हराएको छ । 
इन्टरले लिगका सुरुवाती दुवै खेलमा ‘हाइ स्कोरिङ’ जित निकालेको छ ।

यसअघि उसले फियोरेन्टिनालाई ४–३ ले हराएको थियो । एन्टोनियो कोन्टेको इन्टरलाई उपाधिका होडमा युभेन्ट्सको मुख्य प्रतिस्पर्धा मानिएको छ । बुधबारका अन्य खेलमा एटलान्टाले लाजियोलाई ४–१ ले हरायो ।

लाजियोको घरमै यो हारलाई स्तब्धपूर्ण मानिएको छ । यस्तै अर्को खेलमा स्पेजियाले युडिनेजीलाई २–० ले हरायो ।