३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई म्यानचेस्टर क्लब सानदार जितसहित क्वार्टरफाइनलमा



अ+ अ-

लन्डन । फेरन टोरेसले गरेको पहिलो क्लब गोलको मद्दतमा म्यानचेस्टर सिटीले बुधबार बर्नलीलाई ३–० ले हराएको छ । यससँगै टोलीले लिगकपको क्वार्टरफाइनल यात्रा तय गर्‍यो । म्यानचेस्टर युनाइटेड पनि ब्राइटनलाई ३–० ले हराएर अन्तिम आठ पुग्न सफल रह्यो ।

पेप ग्वार्डिओलाको सिटी यसअघि लिगमा चेस्टरसँग ५–२ ले पराजित रहेको थियो । त्यसलाई बिर्साउन सिटीले बर्नलीलाई उसकै घरेलु मैदानमा हराएको हो । सिटीका लागि टर्फ मुरमा रहिम स्टर्लिङले दुई गोल गरे ।

सिटी लिगकपका पछिल्ला पाँच संस्करणमध्ये चारवटामा विजेता रहिसकेको छ । बुधबारको अर्को खेलमा एभरटनले वेस्ट ह्यामलाई ३–० ले हरायो । कार्लो एन्सेलोटीको एभरटनको यो नयाँ सिजनमा लगातार छैटौं जित हो ।