• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

दुई म्यानचेस्टर क्लब सानदार जितसहित क्वार्टरफाइनलमा



लन्डन । फेरन टोरेसले गरेको पहिलो क्लब गोलको मद्दतमा म्यानचेस्टर सिटीले बुधबार बर्नलीलाई ३–० ले हराएको छ । यससँगै टोलीले लिगकपको क्वार्टरफाइनल यात्रा तय गर्‍यो । म्यानचेस्टर युनाइटेड पनि ब्राइटनलाई ३–० ले हराएर अन्तिम आठ पुग्न सफल रह्यो ।

पेप ग्वार्डिओलाको सिटी यसअघि लिगमा चेस्टरसँग ५–२ ले पराजित रहेको थियो । त्यसलाई बिर्साउन सिटीले बर्नलीलाई उसकै घरेलु मैदानमा हराएको हो । सिटीका लागि टर्फ मुरमा रहिम स्टर्लिङले दुई गोल गरे ।

सिटी लिगकपका पछिल्ला पाँच संस्करणमध्ये चारवटामा विजेता रहिसकेको छ । बुधबारको अर्को खेलमा एभरटनले वेस्ट ह्यामलाई ३–० ले हरायो । कार्लो एन्सेलोटीको एभरटनको यो नयाँ सिजनमा लगातार छैटौं जित हो ।