४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

भागदौड मुद्दामा अल्लु अर्जुनलाई जमानत

भागदौड मुद्दामा अल्लु अर्जुनलाई जमानत
अ+ अ-

एजेन्सी । चलचित्र ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भागदौडमा महिलाको मृत्यु भएको अभियोगमा साउथ अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा भएका छन् ।

शुक्रबार हैदराबादको नामपल्ली अदालतले अल्लुलाई नियमित जमानत दिएको थियो ।

अल्लु अर्जुनका वकिल अशोक रेड्डीले भने कि अतिरिक्त महानगरीय सत्र न्यायाधीशले अल्लुलाई दुई जमानत पेश गर्न भनेका छन्, जसले प्रत्येक ५०,००० रुपैयाँको दुईवटा जमानत भर्नेछन् । अल्लुलाई आइतबार अनुसन्धान अधिकृत समक्ष उपस्थित हुन निर्देशन दिइएको छ ।

अल्लु अर्जुनलाई घटनाको सम्बन्धमा १३ डिसेम्बरमा पक्राउ गरिएको थियो र १४ डिसेम्बरमा तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । यसको अवधि जनवरी १० मा समाप्त हुन्छ ।

४ डिसेम्बरमा फिल्म पुष्पा–२ को स्क्रिनिङका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । सो क्रममा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो भने उनको बच्चा घाइते भएका थिए ।