२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागदौड मुद्दामा अल्लु अर्जुनलाई जमानत



अ+ अ-

एजेन्सी । चलचित्र ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भागदौडमा महिलाको मृत्यु भएको अभियोगमा साउथ अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा भएका छन् ।

शुक्रबार हैदराबादको नामपल्ली अदालतले अल्लुलाई नियमित जमानत दिएको थियो ।

अल्लु अर्जुनका वकिल अशोक रेड्डीले भने कि अतिरिक्त महानगरीय सत्र न्यायाधीशले अल्लुलाई दुई जमानत पेश गर्न भनेका छन्, जसले प्रत्येक ५०,००० रुपैयाँको दुईवटा जमानत भर्नेछन् । अल्लुलाई आइतबार अनुसन्धान अधिकृत समक्ष उपस्थित हुन निर्देशन दिइएको छ ।

अल्लु अर्जुनलाई घटनाको सम्बन्धमा १३ डिसेम्बरमा पक्राउ गरिएको थियो र १४ डिसेम्बरमा तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । यसको अवधि जनवरी १० मा समाप्त हुन्छ ।

४ डिसेम्बरमा फिल्म पुष्पा–२ को स्क्रिनिङका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । सो क्रममा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो भने उनको बच्चा घाइते भएका थिए ।