२९ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन



अ+ अ-

काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ९२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको हो ।

सन् १९६६ मा उनले डा. नारायण केशरी शाहसँग विवाह गरेकी थिइन् । उनका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन् । विन्देश्वरी रास्वपाका नेता तथा पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।

शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भएकी थिइन् ।

सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन् । विन्देश्वरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्येश्वरी शाहकी बुहारी समेत हुन् ।