२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली फुटबल महासंघको वर्ष खेलाडी ‘लेवनडोस्की’



अ+ अ-

जेनेभा । बिहीबार बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवनडोस्की युरोपेली फुटबल महासंघको वर्ष खेलाडी घोषित भएका छन् ।

पोलिस खेलाडीले च्याम्पियन्स लिगमा १५ गोल गरे र उनको टिमले छैटौं पल्ट च्याम्पियन्स लिग जितेको थियो । यस्तै उनले बुन्डेसलिगामा ३४ गोल गरे । जर्मन कपमा भने उनको पाँच गोल रह्यो । उनले यसक्रममा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र बायर्न म्युनिकका म्यानुएल नोयालाई उछिने । 

उनकै उत्कृष्ट प्रदर्शनमा बायर्नले लिग र कप दुवै जितेको थियो । बायर्नकै हान्सी फ्लिकले वर्षका प्रशिक्षकको अवार्ड पनि पाए । उनको नेतृत्वमा गत सिजन बायर्नका लागि सफलताको वर्ष रह्यो ।