२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरीः अध्यक्ष भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विश्वमै आईक्युमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताउनु भयो ।

उहाँले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्ने बताउनु भयो । उहाँले साधन र स्रोतको सिमितता सबैमा ठाउँमा भएपनि त्यो सिमित स्रोतमा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा भर पर्ने बताउनु भयो । उहाँले शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियमहरु बुझनका लागि सहि राजनीति नै आवश्यक पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी गरिब छौं, सबै छौं तर दिमागको गरिबि सबैभन्दा खतरनाक कुरा हो । त्यसलाई सच्याउने र सुधार्ने भनेको शिक्षाबाटै हो । फेरि सबैको केन्द्रमा राजनीति नै हुन्छ । हामी शिक्षाका लागि बजेट र प्राथमिकिकरणका कुराहरु गर्नुपर्ने हुन्छ । गर्नुपर्ने त एकैचोटि धेरै छ ।

सत्तामा नगएका साथीहरुलाई त्यो लाग्दो हो । म त गएर पनि फर्किएको हुनाले के भन्छु भने साधन र स्रोतको सिमितता सबैमा हुन्छ । त्यो त अमेरिकालाई पनि आफ्नो बजेट पुगेको छैन । त्यो सिमित स्रोतको पहिलो प्राथमिकता केमा दिने भन्ने हो । यसलाई बुझनको लागि, विकासका नीति र नियमहरु बुझ्नको लागि सही राजनीति नै हुनुपर्छ । हिजो सही थिएन भन्दिन ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालमा सार्वजनिक शिक्षा लिनेको संख्या निरन्तर ओरालो लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शहरीकरण बढेसँगै सार्वजनिक शिक्षा लिने विद्यार्थीको संख्यामा निरन्तर गिरावट आइरहेको बताउनु भयो । उहाँले पछिल्लो पैसा भएकोले मात्र शिक्षा किन्नसक्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपालमा सार्वजनिक शिक्षा लिनेहरुको संख्या निरन्तर घटेर ७५ प्रतिशतभन्दा तल पुगेको छ । नेपाल जति अर्गनाइज हुँदैछ, जति शहरीकरण हुँदैछ त्यति सार्वजनिक विद्यालयहरु र विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घटेको देखिन्छ । शहरीकरणसँगै नेपालको सार्वजनिक विद्यालय अथावा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दो छ । त्यसको अर्थ हामी दुईटा समाज निर्माण गर्दैछौं । एउटा जो पैसा खर्च गरेर राम्रो शिक्षा किन्न सक्छ त्यसको परिवारले पाउने शिक्षा अर्को आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा पछाडि परेको वर्गले नेपालको सरकारी विद्यालयमा मात्र जान्छ । सामुदायिक विद्यालयमा गएको विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टि यो राज्यले गर्न सक्दैन ।’

उहाँले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टी राज्यले दिन नसकेको बताउनु भयो । उहाँले शिक्षामा सबैको पहुँच पु¥याउन सरकारले निजी शैक्षिक संस्थाहरुलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो ।




भर्खरै