२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ इन्डस्ट्रीमा काम गर्न चाहन्छन् निर्देशक अनुराग कश्यप



अ+ अ-

एजन्सी । बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यपले हालै धेरै खुलासा गरेका छन् । उनले मुम्बई छोड्ने निर्णय गरेका छन् ।

निर्देशकले अब आफूमा फिल्म बनाउने कुनै उत्साह नरहेको बताए । उनले फिल्म उद्योगमा जोखिम कम गर्ने र रिमेक बनाउने कुरा पनि गरेका छन् ।

अनुरागले हलिउड रिपोर्टर इन्डियासँगको कुराकानीमा आफूले नयाँ केही गर्न नपाएको बताए । जसका कारण उनको फिल्म बनाउने उत्साह हराएको छ ।

यसको कारण कलाकारहरुको ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी रहेको उनको ठम्याइ छ, किनभने ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीले कलाकारहरुले अभिनयमा भन्दा पनि स्टार बन्नेतर्फ बढी ध्यान दिनु पर्ने नयाँ चलन सुरु भएको उनको भनाइ छ ।

निर्देशकले थप भने, ‘म अर्को वर्ष मुम्बई छोडेर साउथ सिफ्ट हुनेछु । म जान चाहन्छु जहाँ सबै काम गर्न उत्साहित छन् । नत्र म बूढो जस्तै जिउनेछु र मर्छु । म हाम्रो बलिउड उद्योगबाट धेरै निराश भएको छु । म उद्योगका मान्छेहरुको सोचबाट धेरै दुःखी छु ।’