९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ इन्डस्ट्रीमा काम गर्न चाहन्छन् निर्देशक अनुराग कश्यप



अ+ अ-

एजन्सी । बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यपले हालै धेरै खुलासा गरेका छन् । उनले मुम्बई छोड्ने निर्णय गरेका छन् ।

निर्देशकले अब आफूमा फिल्म बनाउने कुनै उत्साह नरहेको बताए । उनले फिल्म उद्योगमा जोखिम कम गर्ने र रिमेक बनाउने कुरा पनि गरेका छन् ।

अनुरागले हलिउड रिपोर्टर इन्डियासँगको कुराकानीमा आफूले नयाँ केही गर्न नपाएको बताए । जसका कारण उनको फिल्म बनाउने उत्साह हराएको छ ।

यसको कारण कलाकारहरुको ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी रहेको उनको ठम्याइ छ, किनभने ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीले कलाकारहरुले अभिनयमा भन्दा पनि स्टार बन्नेतर्फ बढी ध्यान दिनु पर्ने नयाँ चलन सुरु भएको उनको भनाइ छ ।

निर्देशकले थप भने, ‘म अर्को वर्ष मुम्बई छोडेर साउथ सिफ्ट हुनेछु । म जान चाहन्छु जहाँ सबै काम गर्न उत्साहित छन् । नत्र म बूढो जस्तै जिउनेछु र मर्छु । म हाम्रो बलिउड उद्योगबाट धेरै निराश भएको छु । म उद्योगका मान्छेहरुको सोचबाट धेरै दुःखी छु ।’