२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउने सम्बन्धी ऐन सरोकारवालाई बेवास्ता गरेर बन्दैन



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक प्राधिकरणको गरिमालाई उँचो बनाउने गरी निर्माण हुने बताउनुभएको छ ।

मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले हालै मन्त्रीपरिषद्ले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक पास गेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी संसदमा यसबारे छलफल भइ पारित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसअघि पनि लामो छलफलपछि राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतनिधि सभामा रोकिएको अवस्थामा अहिलेको सरकारले मन्त्रीपरिषद्बाट पास गरिसकेको जानकारी दिनुभयो । मन्त्रीपरिषद्ले पास गर्दैमा ऐन निर्माण नटुंगिने र ऐन निर्माणको प्रक्रिया औपचारिक रुपमा प्रारम्भ भएको उल्लेख गर्नुभयो । मन्त्री पाण्डेले सरोकारवालालाई बेवास्ता गरेर ऐन नबन्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले कर्मचारीहरुको सेवा सुविधा घट्ने गरी ऐन नबन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हालै मन्त्रीपरिषद्ले पास गरेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउने भन्ने जुन दुई वटा ऐन आएका छन् । त्यो दुई वटा ऐनका सन्दर्भमा यहाँहरु जानकार हुनुहुन्छ । यो पहिला लामो छलफल भएपछि यो राष्ट्रिय सभामा प्रश्तुत भएर राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतनिधि सभामा आएर रोकिएको अवस्था थियो । त्यो रोकिएको अवस्थाको ऐनलाई हामीले मन्त्रीपरिषद्मा पु¥याएका छौँ र मन्त्रीपरिषद्ले पास गरेको छ । मन्त्रीपरिषद्ले पास गर्दैमा यो ऐन टुंगिएको छैन । ऐन निर्माणको एउटा प्रक्रिया औपचारिक रुपमा प्रारम्भ भएको छ । यो संसदमा प्रश्तुत हुन्छ, संसदमा प्रश्तुत भएपछि यसमा सैद्धान्तिक छलफल हुन्छ, सैद्धान्तिक छलफल भएको ७२ घण्टासम्म संशोधनका प्रश्तावहरु दर्ता हुन्छन् । तपाईंहरुलाई केही कुरा चित्त बुझेको छैन भने संशोधनमार्फत सुधार गर्न सकिन्छ । तपाईंहरुको सरोकारवालालाई बेवास्ता गरेर ऐन बन्नेछैन । तपाईंहरुको सरोकारलाई सम्बोधन गरेर मात्रै ऐन बन्नेछ । कर्मचारी साथीहरुलाई आश्वस्त के कुरामा पार्न चाहन्छु भने तपाईंहरुको कुनैपनि किसिमको सेवा सुविधा घट्ने गरी ऐन बन्नेछैन । ऐन प्राधिकरणको गरिमालाई उँचो बनाउने, विश्वसनीय बनाउने गरी ऐन बनाउँछौँ । त्यसमा कुनै किसिमले निराश हुनु पर्दैन ।’

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमका विमानहरु पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र विमानहरुको संख्यामा पनि कमी रहेको बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगमका विमानहरुको संख्यालाई व्यवस्थापन गर्नेतिर सरकारले सोचिरहेको बताउनु भयो ।




भर्खरै