२१ पुष २०८१, आईतवार
,
Latest
जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै मान्छे बेगरका घरहरु सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने हृदयाघातबाट पालिका कर्मचारीको निधन इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ यस्तो छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन- पूर्णपाठ पूर्व उपराष्ट्रपति पुन दलीय राजनीतिमा फर्किए एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी कहिले हुन्छ अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन सहकारी ठगी प्रकरणः हिरासतमा रहेकाको बयान सकियो



अ+ अ-

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान सकिएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको छ ।

तीमध्ये आरती गुरुङको अन्तिम बयान आज मंगलबार सकिएको हो । यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो । आज नै सातजनाको हकमा थुनछेक बहस सुरु हुँदै छ ।

यसअघि २०८० असोज १८ मा १९ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा हाल ६ जना पुर्पक्षमा कास्की कारागारमा थुनामा छन् । ६३ प्रतिवादीहरुमध्ये जीबी राई, छविलाल जोशी, रवि लामिछाने, लीला पछाई र रामबहादुर खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलेको छ ।

थुनछेक बहसपछि न्यायाधीश राईको इजलासबाट पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश आउनेछ ।