५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ ।

सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ । कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताउनु भयो ।

उहाँले यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने बताउनु भयो । उहाँले सिसीका कलाहरु प्रदर्शनीमा ४५ वटा राखिएको बताउनु भयो । उहाँले मेलामा पाँचतले मन्दिर,पशुपति,जानकी मन्दिर,तलेजु भवानी र काष्ठमण्डपको कला प्रदशर्नीमा राखिएको बताउनु भयो ।

उहाँले मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको बताउनु भयो । उहाँले कलाकारहरुलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हर्ने गरिएको बताउनु भयो ।