२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७०० करोड कमाएर वर्षकै सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘पुष्पा २’



अ+ अ-

एजेन्सी । सन् २०२४ मा साना बजेटका फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ । चाहे त्यो बलिउड होस् वा दक्षिण भारतीय फिल्म ।

स्री २, लापता लेडीज, मञ्जुम्मेल ब्वाईज, मुन्ज्या हनुमान जस्ता पाँच साना बजेटका फिल्मको कुल बजेट १५५ करोड रुपैयाँ थियो ।

यी सबै फिल्मले १५ सय करोडभन्दा बढीको व्यापार गरेका छन् । बडे मियाँ छोटे मियाँ र कंगुवा जस्ता ठूला बजेटका फिल्म फ्लप भए ।

स्ट्री २ बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । फिल्मले विश्वभर ८ सय ७४ करोड कमाएको थियो । यस वर्षको सबैभन्दा बढी कमाई गर्ने फिल्म ‘पुष्पा २’ रह्यो ।

डिसेम्बरमा रिलिज भएको यो फिल्मले अहिलेसम्म १७ सय करोड कमाइसकेको छ । यो फिल्मले बाहुबलीको कमाईको रेकर्ड तोड्न सक्छ । अल्लु अर्जुनको यो फिल्मको बजेट ४०० करोड थियो ।