३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलमा शनिबार दुई खेल, स‌ंकटमा राजस्थान



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेल राजस्थान रोयल्स र विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरबीच हुँदैछ । यो खेल अपराह्न ३ बजे शुरु भइसकेको छ ।

दोस्रो खेल भने दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच हुनेछ । यो खेल नेपाली समयअनुसार साँझ ७.४५ बजे शुरु हुनेछ ।

पहिलो खेल अन्तर्गत राजस्थान रोयल्सले टस जिती पहिले ब्याटिङ रोजेको छ । राजस्थानका कप्तान स्टिभन स्मिथ व्यक्तिगत ५ रन बनाएर इसुरु उडानाको बलमा आउट भएका छन् भने जस बटलर पनि २२ रन बनाएर नवदीप सैनीको बलमा आउट भए ।

अंक तालिकामा पाँचौं स्थानमा रहेको राजस्थान र छैटौं स्थानमा रहेको बैंगलोरको समान ४–४ अंक छ यी दुबै टिमले समान ३–३ खेल खेलेका छन् । पहिलो स्थानमा रहेको मुम्बई इन्डियनको पनि ४ अंक नै छ, तर उसले १ खेल बढी खेलेको छ ।

अन्तिम स्थानमा रहेको चेन्नाई सुपर किंग्सको ४ खेलबाट २ अंक मात्र छ, र ऊ अंक तालिकामा पुछारमा छ ।
एजेन्सी