काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ ।
गएराति भएको खेलमा सिटीले लेस्टर सिटीलाई उसकै मैदानमा २–० गोलले हराएको हो ।
सिटीको जितमा सेभिन्हो र एर्लिङ हालाण्डले गोल गरे । खराब लयबाट गुज्रिरहेको सिटीले जितसँगै १९ खेलबाट ३१ अंक जोडेको छ ।
सिटी तालिकाको पाँचौं स्थानमा छ । लेस्टर १४ अंकका साथ १८ औं स्थानमा छ ।