१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

वार्ताका बावजुद रुसी आक्रमण जारी, किभमा विष्फोटको ठूलो आवाज सुनियो

वार्ताका बावजुद रुसी आक्रमण जारी, किभमा विष्फोटको ठूलो आवाज सुनियो
अ अ+ अ-

किभ । मङ्गलबार बिहान ५ बजे (स्थानीय समय) मध्य किभमा ठूलो आवाजमा विस्फोट भएको समाचार छ । प्रारम्भिक रिपोर्टले ती विष्फोट आवासीय भवनहरूमा लक्षित रहेको देखाएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मङ्गलबार बिहान सबेरै जारी गरिएको एक प्रसारणमा रूसी सैन्य क्षतिबारे प्रकाश पारे । 

“हाम्रा साहसी रक्षकहरूले रूसी सेनाहरूमा विनाशकारी क्षति पुर्‍याउन जारी राखेका छन्। छिट्टै रुसका खसालिएका हेलिकप्टरको सङ्ख्या सयौँ युनिटमा पुग्नेछ”, जेलेन्स्कीले स्थानीय समयअनुसार मङ्गलबार बिहान जारी गरिएको प्रसारणमा भने, “ूउनीहरूले पहिले नै ८० वटा युद्ध विमानहरू गुमाइसकेका छन्। त्यस्तै सयौँ ट्याङ्क र हजारौँ अन्य उपकरणहरूको क्षति भधएको छ। १९ दिनमा रुसी सेनाले युक्रेनमा चेचन्यामा दुई रक्तपातपूर्ण र वर्षौं लामो युद्धमा भन्दा बढी गुमाएको छ।”

“उनीहरूले उनीहरूको प्रचारमा विश्वास गरे, जुन दशकौँदेखि हाम्रो बारेमा झुटो रहेको छ”, जेलेन्स्कीले भने, “तर उनीहरूले पहिले नै बुझ्न थालेका छन् कि उनीहरूले युद्धबाट केही हासिल गर्न सक्दैनन्।”

यसैबीच राष्ट्रपति जेलेन्स्कीका एक सल्लाहकार ओलेक्सी अरेस्टोभिचले रुसी स्रोतसाधनको कमीका कारण युद्ध मे महिनासम्ममा समाप्त हुने बताएका छन् ।

धेरै युक्रेनी मिडियाद्वारा प्रसारित एक भिडियोमा अरेस्टोभिचले सही समय क्रेमलिन अभियानमा कति संसाधन खर्च गर्न इच्छुक छ भन्नेमा निर्भर हुने बताए।

“मलाई लाग्छ मे महिनाको शुरुमा हामीसँग शान्ति सम्झौता हुनुपर्छ, हुनसक्छ त्योभन्दा धेरै पहिले हामी देख्नेछौं, म पछिल्लो सम्भावित मितिहरूको बारेमा कुरा गर्दैछु”, अरेस्टोभिचले भने, “हामी अहिले सडकको काँडामा छाँै, कि त चाँडै एक शान्ति सम्झौता हुनेछ सेनाका फिर्ती र सबैकुराका साथ एक वा दुई साताभित्र, कि त एक साथ परिमार्जन गर्ने प्रयास हुनेछ, सिरियाको जस्तै जब हामी उनीहरुमाथि हावी हुन्छौँ अप्रिलको मध्य वा अप्रिलको अन्त्यसम्ममा एक सम्झौता हुनेछ ।”

सोमबारको छलफल बिना निष्कर्श टुङ्गिएपछि रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले मङ्गलबार पाँचौँ चरणको वार्ता गर्ने छन् । अमेरिकाले युक्रेनको आक्रमणमा मस्कोलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । जसलाई एक अमेरिकी अधिकारीले ‘गहन’ वार्ता भएको बताए।

रुसको राज्य नियन्त्रित टेलिभिजन समाचारका सम्पादकले असाधारण असहमतिपूर्ण कार्यमा युद्ध विरोधी सन्देश प्रदर्शन गर्न सोमबार प्रसारण भएको समाचारलाई रोकेका छन्।

‘युक्रेनमा भएको आक्रमणमा संलग्न’ व्यक्ति र कम्पनीहरूलाई लक्षित गर्दै युरोपेली युनियनले रुसविरुद्ध प्रतिबन्धको चौथो प्याकेज लागु गरेको छ ।