२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, ४७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ । १ सय ८१ जना सवार विमान दुर्घटना भएको हो ।

विमान ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । त्यसलगत्तै विमानमा आगो लागेको थियो ।

समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म ४७ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

जेजु विमान दुर्घटनामा परेको हो । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । सो विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो ।

विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।

दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ ।