१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता



अ+ अ-

राबात । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ । 

अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गर्नु भएको थियो । 

उहाँले यसअघि अल्जेरियाको भ्रमण गर्नु भएको थियो । सन् २००६ यता पहिलो पटक अमेरिकी रक्षामन्त्री अल्जेरियाको भ्रमणमा जानु भएको हो । राष्ट्रपति र सेनापतिसँग भेटवार्ता भएपनि अल्जेरियासँग कुनै सम्झौता भएको सार्वजनिक भएको छैन । 

साहेल क्षेत्रमा उत्पन्न असुरक्षाको स्थितिलाई ध्यानमा राखेर सैन्य समझदारी गर्न अल्जेरियाली नेताहरुसँग मन्त्री एस्परले प्रस्ताव राख्नु भएको थियो । 

संयुक्तराज्य अमेरिकाका लागि मोरक्को प्रमुख गैर–नेटो सदस्य राष्ट्र हो । 

अमेरिकी रक्षामन्त्री एस्परले मोरक्कोका विदेश मन्त्री नास्सेर बौरितासँग भेटवार्ता गर्नु भएको थियो । 

सैन्य सम्झौतापछि दुबै देशबीचको सहकार्यलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । मोरक्कोका लागि अमेरिका सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मुलुक हो । मोरक्कोले हरेक वर्ष “अफ्रिका लायन” नामको अमेरिकी सैन्य अभ्यास पनि आयोजना गर्दछ । कोरोनाभाइरसका कारण यसवर्ष उक्त अभ्यास रद्द गरिएको छ ।