४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता
अ+ अ-

राबात । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ । 

अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गर्नु भएको थियो । 

उहाँले यसअघि अल्जेरियाको भ्रमण गर्नु भएको थियो । सन् २००६ यता पहिलो पटक अमेरिकी रक्षामन्त्री अल्जेरियाको भ्रमणमा जानु भएको हो । राष्ट्रपति र सेनापतिसँग भेटवार्ता भएपनि अल्जेरियासँग कुनै सम्झौता भएको सार्वजनिक भएको छैन । 

साहेल क्षेत्रमा उत्पन्न असुरक्षाको स्थितिलाई ध्यानमा राखेर सैन्य समझदारी गर्न अल्जेरियाली नेताहरुसँग मन्त्री एस्परले प्रस्ताव राख्नु भएको थियो । 

संयुक्तराज्य अमेरिकाका लागि मोरक्को प्रमुख गैर–नेटो सदस्य राष्ट्र हो । 

अमेरिकी रक्षामन्त्री एस्परले मोरक्कोका विदेश मन्त्री नास्सेर बौरितासँग भेटवार्ता गर्नु भएको थियो । 

सैन्य सम्झौतापछि दुबै देशबीचको सहकार्यलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । मोरक्कोका लागि अमेरिका सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मुलुक हो । मोरक्कोले हरेक वर्ष “अफ्रिका लायन” नामको अमेरिकी सैन्य अभ्यास पनि आयोजना गर्दछ । कोरोनाभाइरसका कारण यसवर्ष उक्त अभ्यास रद्द गरिएको छ ।