२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः युभेन्टसमा रोलाण्ड म्याण्ड्रागोरा



अ+ अ-

काठमाडौं । चर्चित फुटबल क्लब युभेन्ट्सले उडिनेसका मिडफिल्डर रोलाण्ड म्याण्ड्रागोरालाई आफ्नो क्लबमा अनुबन्धित गर्ने निश्चित भएको छ । शनिवार उडिनेसका मिडफिल्डर रोलाण्ड म्याण्ड्रागोरालाई युभेन्ट्सले १ं०.७ मिलियन युरोमा आफ्नो क्लबमा अनुबन्धित गर्ने जनाएको हो । म्याण्ड्रागोरा यसअघि उडिनेस क्लबबाट मिडफिल्डरका रुपमा खेल्दै आएका थिए । 

म्याण्ड्रागोराले सन् २०१८ मा क्लब युभेन्ट्सलाई छाडी उडिनेसमा अनुबन्धित भएका थिए । तर हिजो शनिवार मात्रै म्याण्ड्रागोरा पुनः युभेन्ट्स क्लबमा २०२५ सम्म्का लागि अनुबन्धित हुने निश्चित भएको छ । २३ वर्षिय खेलाडी म्याण्ड्रागोराले आफ्नो फुटबल करियर 'सिरी 'ए' को जेनोवा क्लबबाट गरेका थिए ।

हालैमात्र युभेन्ट्सका मिडफिल्डर मिरालेम पियानिज बार्सीलोनामा अनुबन्धित भएपछि युभेन्ट्सले म्याण्ड्रागोरालाई आफ्नो क्लबमा अनुबन्धित गर्न लागेको हो  । त्यस्तै गत बिहीबार युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि ड्र समेत जारी भईसकेको छ । त्यस अनुसार लिग चरणमा बार्सिलोनाले युभेन्टसको सामना गर्नुपर्ने भएको छ । दुवै टिम लिग चरणमा एउटै समूहमा परेका छन् ।

यस्तो छ ड्र:

समूह ए- बायर्न म्युनिक, एटलेटिको म्याड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को

समूह बी- रियल म्याड्रिड, साख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मुन्छेनग्लाडबाख

समूह सी- पोर्टो, म्यानचेटर सिटी, ओलम्पियाकोज, मार्से

समूह डी- लिभरपुल, आयाक्स, एटलान्टा, मिडट्जयल्यान्ड

समूह ई- सेभिया, चेल्सी, क्रासनोडर, रेनेस

समूह एफ- जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, ब्रुग्स

समूह जी- युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेन्भारेस

समूह एच- पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्टानबुल बासाकसेर