३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनह्यामको उत्कृष्ट प्रदर्शन, म्यान्चेस्टर युनाइटेड ६ गोलले पराजित



अ+ अ-

लन्डनः म्यान्चेस्टर युनाइटेडका लागि यो सिजनको शुरुआत त्यति सहज देखिएको छैन । प्रिमियर लिग अन्तर्गत आइतबार रातिको खेलमा आफ्नै गृह मैदान ओल्ड ट्राफोर्डमा टोटेनह्याम हटस्परले ६ गोल गरेर म्यान्युलाई निराश बनायो ।

खेलको पहिलो हाफमै टोटेनह्यामले ४ गोल गरिसकेको थियो जसमा सन ह्युङ मिनले २ गोल तथा टाँगी एनडेम्बेले र ह्यारी केनले १–१ गोल गरेका थिए । दोस्रो हाफमा ह्यारी केन र सर्जी औरियरले १–१ गोल गरेका थिए ।

म्यान्चेस्टरका तर्फबाट पहिलो हाफमा एक गोल पेनाल्टी मार्फत भएको थियो ।

म्यान्चेस्टरका फरवार्ड एन्थनी मार्सलले २८ औं मिनेटमा म्यान्युको डिबक्सभित्र टोटेनह्यामका खेलाडी एरिक लामेलालाई गालामा हिर्काएको भन्दै रातो कार्ड पाएर मैदान छाड्नु परेपछि म्यान्युको खेल तहसनहस भएको थियो ।

यो हारसँगै प्रिमियर लिगमा म्यान्चेस्टर १६ औं स्थानमा झरेको छ ।