५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कोहलीले ब्रेकफास्टपछि नेपाली शेफसँग फोटो खिचाए



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहली २५ डिसेम्बरको बिहान मेलबर्नको एक स्थानीय रेस्टुरेन्टमा देखिएका थिए । क्रिसमसको अवसरमा उनले श्रीमती अनुष्का शर्मासँग मेलबर्नको ‘क्याफे कोर्ट’ रेष्टुरेन्टमा ब्रेकफास्ट गरेका थिए ।

ब्रेकफास्ट गरेपछि विराटले रेष्टुरेन्ट स्टाफहरुसँग फोटो खिचेका थिए । अहिले उक्त तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उक्त क्याफेमा नेपाली सेफ र स्टाफहरु रहेका छन् ।

क्याफेले विराट कोहली कर्मचारीसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । विराटले क्याफेको किचनमा गएर सबैलाई धन्यवाद दिएको र फोटो खिचाएको पनि बताए ।

क्याफेले सामाजिक सञ्जालमा लेखेको छ, ‘आज बिहान, हामी सार्वजनिक बिदामा हाम्रो क्याफे खुला राख्ने कि नराख्ने भनेर सल्लाह गरिरहेका थियौं, हामीलाई थाहा थिएन कि राजा विराट कोहली, अनुष्का शर्मा र उनका साथीहरू हाम्रो सानो क्याफेमा आएर हाम्रो परिवारलाई सेवा गर्ने मौका दिनुहुनेछ भनेर । विराट सर यति दयालु हुनुहुन्थ्यो कि उहाँ हाम्रो भान्छामा आउनुभयो, शेफहरूलाई धन्यवाद दिनुभयो र उहाँसँग फोटो खिच्ने मौका दिनुभयो।’

भारतीय टोली अहिले मेलबर्नमा छ । भारतीय टोलीले २६ डिसेम्बरदेखि अष्ट्रेलियासँग बोर्डर-गावस्कर ट्रफीको चौथो खेल खेलिरहेको छ ।