१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम

क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो

क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा र आर्थिक लाभको कारण देखाउँदै पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड प्राप्त गर्ने आफ्नो आह्वान क्रिसमस शुभकामनामा दोहो¥याउनुभएको छ ।

बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा शृृङ्खलाबद्ध पोस्टमार्फत उहाँले अमेरिकाका लागि यी क्षेत्रहरूको महत्त्वबारे आफ्नो लामो समयदेखि रहेको धारणा दोहोर्याउनुभयो ।

“चीनका अद्भुत सैनिकहरू सहित सबैलाई क्रिसमसको शुभकामना, जसले प्रेमपूर्वक तर गैरकानूनी रूपमा पनामा नहर सञ्चालन गरिरहेका छन् (जहाँ हामीले ११० वर्षअघि यसको निर्माणमा ३८ हजार मानिस गुमायौँ), संयुक्त राज्य अमेरिकाले अरबौं डलर ‘मर्मत’ रकम खर्च गर्छ भन्ने सुनिश्चित गर्दै, तर ‘केही कुरा’ मा पनि भन्ने कुरा हुनेछैन”, ट्रम्पले लेख्नुभयो ।

ट्रम्पले भन्नुभयो, “क्यानाडाका गभर्नर जस्टिन ट्रुडोलाई पनि मेरी क्रिसमस, जसको नागरिक कर धेरै उच्च छ तर यदि क्यानाडा हाम्रो ५१ औँ राज्य बन्यो भने उनीहरूको कर ६० प्रतिशतभन्दा बढी कटौती हुनेछ, उनीहरूको व्यवसाय तुरुन्तै आकारमा दोब्बर हुनेछ र उनीहरूलाई विश्वका कुनै पनि देशले नपाएको सैन्य सुरक्षा प्राप्त हुनेछ ।”

ग्रिनल्यान्डका बारेमा उहाँले भन्नुभयो, “त्यस्तै ग्रिनल्यान्डका जनतालाई पनि जुन संयुक्त राज्य अमेरिकालाई राष्ट्रिय सुरक्षा प्रयोजनका लागि आवश्यक छ र जसले अमेरिका त्यहाँ हुनुपर्छ भन्ने चाहन्छन् र हामी गर्नेछौँ ।”

यसअघि ट्रम्पका छोरा एरिक ट्रम्पले क्यानाडा, ग्रिनल्यान्ड र पनामा नहर खरिद गरेको देखाउने मीम पोस्ट गरेर ‘हामी धेरै फर्केर आएका छौँ १११’ शीर्षक दिएर अटकलबाजीलाई थप बढावा दिनुभएको थियो ।

ट्रम्पले लामो समयदेखि ग्रिनल्यान्डमा चासो व्यक्त गर्दै यसको स्वामित्वलाई ‘विश्वभर राष्ट्रिय सुरक्षा र स्वतन्त्रताका लागि’ आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले पनामा नहरलाई ‘अमेरिकाको अर्थव्यवस्था र राष्ट्रिय सुरक्षामा यसको महत्त्वपूर्ण भूमिकाका कारण संयुक्त राज्य अमेरिकाका लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति’ को रूपमा पनि उल्लेख गर्नुभयो ।

ट्रम्पले क्यानाडालाई पनि कटाक्ष गर्दै ‘क्यानाडाले संयुक्त राज्य अमेरिकाको ५१ औँ राज्य बन्ने विचार गर्नुपर्छ किनभने यो कदमले क्यानाडालीहरूलाई कम कर र सैन्य संरक्षणको माध्यमबाट फाइदा पुग्नेछ’ भन्नुभयो ।