६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कोहलीले अस्ट्रेलियाका युवा खेलाडी कन्स्टासलाई धक्का दिए



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट मेलबर्नको एमसीजी (मेलबर्न क्रिकेट ग्राउण्ड) मा जारी छ । अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । जसको दबाब दुवै टोलीका खेलाडीमा देखिएको छ । ओभर सकिएपछि कोहलीले खेलमा डेब्यु गर्दै आएका अष्ट्रेलियाका ब्याट्सम्यान साम कोन्स्टासलाई काँधमा धकेलेका थिए । दुवैबीच बहस पनि भएको थियो । सोही क्रममा सिराजले खेलका क्रममा दुई पटक कन्स्टासमाथि कमेन्ट गरेका थिए ।

खेलको १० औं ओभर सकिएपछि विराट कोहली आफ्नो फिल्डिङ पोजिसनमा गइरहेका थिए । यस क्रममा उनले ब्याट्सम्यान कोन्टासलाई काँधले धकेले । १९ वर्षीय कन्स्टासलाई यो कुरा पटक्कै मन परेन र उनले कोहलीलाई केही भने । अम्पायरले हस्तक्षेप गरेर मामिला शान्त गर्नुपरेको थियो ।

यसपछि बुमराह खेलको ११ औं ओभर बलिङ गर्न आएका थिए । बुमराहको ओभरमा कन्स्टासले २ चौका र १ छक्का प्रहार गरे । यो ओभरमा १८ रन बन्यो ।

कोहलीमाथि हुन सक्छ कारबाही

अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोहलीविरुद्ध कारबाही गर्न सक्नेछ । सन् २०१८ मा आईसीसीले यस्तै एउटा मामिलामा दक्षिण अफ्रिकी खेलाडी कागिसो रबाडालाई कारबाही गरेको थियो । खेल शुल्कको ५० प्रतिशत जरिवानासँगै उनलाई तीन डिमेरिट अंक पनि दिइएको छ ।

२०१८ मा, अष्ट्रेलियाली टोली दक्षिण अफ्रिकाको भ्रमणमा गएको थियो। चार टेस्टको शृंखलाको दोस्रो खेल पोर्ट एलिजाबेथमा खेलिएको थियो । खेलको पहिलो दिन अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथलाई एलबीडब्ल्यू आउट गरेपछि खुसी मनाउँदै कागिसो रबाडाले जानाजानी स्मिथलाई काँधमा धकेलेका थिए ।आईसीसी म्याच रेफ्री जेफ क्रोले रबाडालाई जरिवाना बाहेक ३ डिमेरिट अंक दिएका थिए । त्यसबेला रबाडाको डिमेरिट अंक बढेको कारण उनलाई दुई खेलको प्रतिबन्ध लागेको थियो ।

सिराजले पनि कन्स्टासमाथि टिप्पणी गरे

यसैबीच, खेलको क्रममा मोहम्मद सिराजले आफ्नो पहिलो स्पेलमा दुई पटक कन्स्टासमाथि टिप्पणी गरेका थिए । तर, कन्स्टाले कुनै प्रतिक्रिया दिएनन् ।

जब उस्मान ख्वाजासँग मार्नस लाबुस्चेन क्रिजमा आए, तब कोहलीले अस्ट्रेलियाली टोलीलाई केही नदिने (रन नदिने) आग्रह गरे। त्यस्तै, जब सिराज र लाबुस्चेनबीच विवाद भयो, त्यसलगत्तै कोहलीले उनीसँग राम्ररी कुरा नगर्न भने । कोहलीले भने, ‘उनसे अच्छी तरह बात मत करना।

कोन्स्टास टेस्ट डेब्यू गर्ने चौथो कान्छा अष्ट्रेलियाली खेलाडी हुन्

कोन्स्टास अस्ट्रेलियाका लागि चौथो सबैभन्दा कान्छो टेस्ट डेब्यु गर्ने खेलाडी बने। कन्स्टासलाई अष्ट्रेलियाका पूर्व कप्तान मार्क टेलरले ब्यागी ग्रीन क्याप दिएका थिए ।कोन्टासले १९ वर्ष ८५ दिनको उमेरमा डेब्यु गरेका हुन् । साम कोन्स्टास आफ्नो पहिलो टेस्टमा ६० रन बनाएर आउट भएका थिए । उनलाई रविन्द्र जडेजाले एलबीडब्ल्यू गरेका थिए ।

इयान क्रेग अस्ट्रेलियाका लागि टेस्ट डेब्यू गर्ने सबैभन्दा कान्छो खेलाडी थिए। क्रेगले आफ्नो पहिलो टेस्ट १९५३ मा १७ वर्ष २३९ दिनको उमेरमा खेलेका थिए । वर्तमान कप्तान प्याट कमिन्स दोस्रो स्थानमा छन् । उनले सन् २०११ मा १८ वर्ष १९३ दिनको उमेरमा डेब्यु गरेका थिए । तेस्रो स्थानमा टम ग्यारेट छन् ।