५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस विपीका विचार अंगालेर अगाडि बढ्न जरुरीः डा शशांक कोईराला



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा सांसद डा शशांक कोईरालाले नेपाली काँग्रेसले विपी कोईरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार नेपाली काँग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताउनु भयो । समाजका लागि सोचेमात्रै राजनीति हुने बताउनु भयो । आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उहाँको जिकिर छ । उहाँले नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो । उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नुभयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति शुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन । हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । विपी कोईरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ । ’

देशको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।