१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु



अ+ अ-

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजार  ६८५ पुगेको छ । 

भारतमा ५५ लाख ८६ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ३४ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।  

सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३८ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ९ हजार २८६ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ९९ लाख नमूना परीक्षण गरेको जनाएको छ ।