१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले सरकारविरूद्ध खबरदारी सभा गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध खबरदारी सभा गर्ने भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको ६ महिना नपुग्दै असफल भएको भन्दै राप्रपा सरकारविरुद्ध उत्रन लागेको हो ।

मंगलबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर पार्टीको पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी दिए ।

यसका साथै राप्रपाले सरकारलाई ७ बुँदे सहमतिको बाचा र संविधान संशोधनको प्रतिवद्धता स्मरण गराउँदै उक्त समझदारीप्रति गम्भीर हुन आग्रह समेत गरेको छ ।

यस्तै सहकारी पीडित नागरिकको बचत र आर्थिक सुरक्षालाई जोड दिँदै सहकारी समस्यामा गम्भीर बन्न सरकारसँग राप्रपाले माग गरेको छ ।

हेर्नुस् विज्ञप्तीः