• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

पिएसजीका काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित



लन्डनः इङलिस प्रिमियर लिगको यस सत्रमा कमजोर शुरुवात गरेको म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीलाई भित्र्याएको छ । ३३ वर्षीय काभानी फ्रान्सेली लिग लिडर पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट युनाइटेडमा स्थानान्तरित भएका हुन् ।

सन् २००७ मा युरोपेली क्लबमा आबद्ध भएका काभानीले युरोपेली क्लबहरुका लागि ३४१ गोल गरिसकेका छन् । काभानीले युनाइटेडको वेबसाइटमा प्रतिक्रिया दिँदै भनेका छन्ः “आफूले विगतमा पनि निकै मेहनत गरेको र युनाइटेडजस्तो प्रतिष्ठित क्लबबाट खेल्न पाउँदा आफूलाई गौरव लागेको छ ।”

पिएसजीमा रहँदा उनको क्लबले छ वटा उपाधि जितेको थियो । उनले क्लबका लागि २०० गोल गरिसकेका छन् । उनले सिरि ए र लिग १ दुबैबाट गोल्डेन बूट प्राप्त गरेका छन् ।
उरुग्वेका लागि उनले ११६ अन्तर्राष्ट्रिय खेल खेल्दै ५० गोल गरेका छन् ।

युनाइटेडले पोर्टोबाट अलेक्स टेलिसलाई पनि एक करोड ३६ लाख पाउन्डमा क्लबमा भित्र्याएको छ ।

म्यानचेस्टर युनाइटेडले आगामी शनिबार न्यूक्यासल युनाइटेड विरुद्ध खेल्दैछ ।

प्रिमियर लिगको बर्तमान अंक तालिकामा युनाइटेडले ३ खेलबाट ३ अंक मात्र जोडी १६ औं स्थानमा रहेको छ ।

गत आइतबारको खेलमा टोटेनह्याम हट्सपरले युनाइटेडलाई ६–१ गोल अन्तरले नराम्रोसँग पराजित गरेको थियो भने सेप्टेम्बर १९ मा क्रिस्टल प्यालेससँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यी दुबै खेलमा युनाइटेड पराजित भएपछि क्लबका समर्थकले प्रतिभावान खेलाडी भित्र्याउन दबाब दिइरहेका थिए ।

(एजेन्सी)