३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाता नाइट राइडर्सको रोमाञ्चक जित, १० रनले जित्यो कोलकाता



अ+ अ-

अबुधाबीः इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबारको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले चेन्नाई सुपर किंग्सलाई १० रन पराजित गरेको छ । पहिले ब्याटिङ गरेको कोलकाताले सबै विकेट गुमाएर २० ओभरमा १६७ रन बनाएको थियो ।

कोलकाताका लागि सबैभन्दा बढी रन बनाएर म्यान अफ द म्याच घोषित भएका राहुल त्रिपाठीले ८१ रनको महत्वपूर्ण पाली खेलेका थिए ।

जवाफमा शेन वाट्सनले चेन्नाई सुपर किंग्सका लागि राम्रो शुरुआत गरेका थिए, र १० ओभरसम्म चेन्नाई विजय उन्मुख देखिएको थियो । तर आखिरी १० ओभरमा केकेआर खेलमा फर्कियो ।

चेन्नाईले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । केकेआरले ५ खेलबाट तीन जित निकालेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पहिलो र दोस्रो स्थानमा क्रमशः मुम्बई र दिल्ली रहेका छन् । (एजेन्सी)