२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाता नाइट राइडर्सको रोमाञ्चक जित, १० रनले जित्यो कोलकाता



अ+ अ-

अबुधाबीः इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबारको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले चेन्नाई सुपर किंग्सलाई १० रन पराजित गरेको छ । पहिले ब्याटिङ गरेको कोलकाताले सबै विकेट गुमाएर २० ओभरमा १६७ रन बनाएको थियो ।

कोलकाताका लागि सबैभन्दा बढी रन बनाएर म्यान अफ द म्याच घोषित भएका राहुल त्रिपाठीले ८१ रनको महत्वपूर्ण पाली खेलेका थिए ।

जवाफमा शेन वाट्सनले चेन्नाई सुपर किंग्सका लागि राम्रो शुरुआत गरेका थिए, र १० ओभरसम्म चेन्नाई विजय उन्मुख देखिएको थियो । तर आखिरी १० ओभरमा केकेआर खेलमा फर्कियो ।

चेन्नाईले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । केकेआरले ५ खेलबाट तीन जित निकालेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पहिलो र दोस्रो स्थानमा क्रमशः मुम्बई र दिल्ली रहेका छन् । (एजेन्सी)