२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडल अर्डरमा राम्रो गर्न सकेनौं–जनकपुरका कप्तान आसिफ



अ+ अ-

काठमाडौँ । पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन् ।

सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा पराजित भएपछि पत्रकार सम्मेलमा कप्तान आसिफले मिडल अर्डरमा राम्रो गर्न नसक्दा लक्ष्य दिन ३० देखि ४० रन कम भएको प्रतिक्रिया दिए ।

ब्याटिङमा जिमी निसामबाहेक कुनै एक खेलाडीले राम्रोसँग इनिङ अगाडि बढाउन नसकेको उनले उल्लेख गरे । उनले ब्याटिङमा दिएको जिम्मेवारी पूरा हुन नसक्दा राम्रो लक्ष्य प्रस्तुत गर्न नसकिएको बताए । जिमी निसामसँग स्ट्राइक रोटेट गर्ने गराउन लक्ष्य भएपनि अन्यले साथ नदिएको उनको भनाइ छ ।

उनले पछिल्ला केही खेलसँगै आज पनि बलिङ र ब्याटिङमा राम्रो गर्न नसकेको र यी पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । सुदूरपश्चिमले कम गल्ती गर्दा हाबी भएको उनको बुझाइ छ ।

कर्णालीसँगको दोस्रो क्वालिफायरमा पनि कम गल्ती गरेर खेल्ने टोलीको जित सम्भव रहेको उनको भनाइ छ । उनले कर्णालीसँग पिचको अवस्थाअनुरूप खेल्नुपर्ने औंल्याएका छन् । सुदूरपश्चिमले प्रतियोगिताभर राम्रो खेल्दै आएको र बलियो टोली रहेको उनको भनाइ छ । यही टोलीलाई फाइनलमा हराउने पनि उनको लक्ष्य छ ।

सुदूरपश्चिमका लागि अर्धशतक प्रहार गरेका विनोद भण्डारीले यसअघि राम्रो शुरुआत पाएर पनि फिनिस गर्न नसकाले आज फिनिस गर्ने लक्ष्यसहित खेलेको बताए । उनले यसअघि सुदूरपश्चिमले राम्रो खेल्दै आएको र फाइनलमा पनि राम्रो खेल्ने विश्वास व्यक्त गरेका छन् । रन लिने क्रमका खुट्टामा दुखे पनि त्यति धेरै समस्या नरहेको उनले बताएका छन् । उनले शुरुको खेलदेखि नै पावर प्लेमा डोमिनेट गरेर खेल्ने रणनीति अपनाउँदै आएको उल्लेख गरेका छन् । विनोदले आफूहरूले सोचेभन्दा राम्रो साथ समर्थकबाट पाएको बताएका छन् ।

आजको पिचमा १६० रनसम्मको योगफल हुनसक्ने भएपनि जनकपुरले दबाबमा रहेर खेल्दा सम्भव नभएको उल्लेख गरेका छन् ।

उनले कप्तान दीपेन्द्र सिंह ऐरी नेपालकै उत्कृष्ट क्रिकेटर रहेको उल्लेख गरेका छन् । ब्याटिङ, बलिङ र फिल्डिङमा दीपेन्द्रले गरेको प्रदर्शनबाट पनि उनको स्तरबारे थाहा हुने विनोदको भनाइ छ । कप्तानी जिम्मेवारी पनि दीपेन्दले धेरै राम्रो गरिरहेको विनोद बताउँछन् ।