१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

विश्व उपभोक्ता अधिकार दिवसः ढक–तराजुबाटै ठगिँदै उपभोक्ता

विश्व उपभोक्ता अधिकार दिवसः ढक–तराजुबाटै ठगिँदै उपभोक्ता
अ अ+ अ-

गलेश्वर । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । 

सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता सम्बन्धी कानुन जारी गरेका हुन् । हामीले बजारबाट खरिद गर्ने सामान जोख्ने ढक–तराजुले सही मापन ग¥यो कि गरेन भनेर कहिल्यै पनि सोचेका हुदैनौँ । पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको छ । 

दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर खरिद–बिक्री हुने भएपनि त्यसमा प्रयोग हुने ढक–तराजु भने नियमनबाहिर रहेको पाइएको छ । गुणस्तर तथा नापतौल विभागको निष्क्रियताले बजारमा नवीकरण नभएका र नापतौल नै प्रमाणित नभएका ढक–तराजु मात्रै होइन, प्रतिबन्धित ढक–तराजुले पनि सामान तौलने गरिएको बजारमा देखिने गरेपनि सम्बन्धित निकायले चासो नदिँदा उपभोक्ता ठगिन बाध्य भएका हुन् ।

नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । हिमाली जिल्ला म्याग्दीमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु पनि अवैधरूपमा प्रयोग भइरहेका छन् । गुणस्तर तथा नापतौल डिभिजन कार्यालयको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ । 

यसबाट व्यापारी मोटाइ रहेका छन् भने उपभोक्ता दिनहुँ ठगिरहेका छन् । त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन् । व्यवसायीले सामान तौलने प्रयोजनका लागि खरिद गरेका ढक–तराजु परीक्षणबिना प्रयोग गर्न बन्देज छ । तर, उपत्यकामा ५० प्रतिशतभन्दा बढी व्यवसायीले परीक्षण नगराएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । परीक्षण नगरिएका ढक–तराजुबाट उपभोक्ता ठगिने सम्भावना रहने उपभोक्ता मञ्च म्याग्दीले जनाएको छ । 

त्यस्तै उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेको सचेत उपभोक्ताको गुनासो छ । अर्थशास्त्र विषयका प्राध्यापक तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भए पनि उपभोग्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको बताउनुभयो । 

जिल्ला बजार अनुगमन समिति म्याग्दीले गत दसैँको अवसरमा गरेको बजार अनुगमनका क्रममा बजारमा प्रयोगमा रहेका ५५ प्रतिशत ढक–तराजु मापदण्डविपरीत रहेको पाइएको बताएको थियो । अनुगमनका क्रममा बेनी बजार क्षेत्रका मासु व्यवसायी, तरकारी तथा फलफूलका व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको समेत भेटिएको थियो । जिल्ला प्रशासन कार्यालय म्याग्दीका एक अधिकारीले नापतौलमा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारवाही गरिने बताउनुभयो । 

उहाँले ढक, तराजुबाट उपभोक्तालाई ठगी गरिरहेको प्रशस्त प्रमाण फेला परेकाले अब थप बजार अनुगमनलाई कडाइ गरिने जानकारी दिनुभयो । मासु, फलफूल, तरकारीलगायत अन्य सामान सडकमा राखिएका पसलबाट किन्दा ठगिने गरे पनि उपभोक्तामा त्यसविरुद्ध सम्बद्ध निकायमा उजुरी गर्नुपर्छ भन्ने जानकारी नभएकाले ठगिनुपरेको अधिकारकर्मीको बुझाइ छ । कानुनी दायराभन्दा बाहिर रही व्यापारीबाट ठग्ने क्रम जारी रहे पनि त्यसलाई रोक्न सरोकारवाला निकायले कडाइ नगरे उपभोक्ता ठगिने क्रम नरोकिने उपभोक्ता अधिकार मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले बताउनुभयो ।  

अधिकारकर्मीका अनुसार व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । एक किलोको ढकमा एक हजार ग्राम हुन्छ तर ९०० ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ । त्यसैगरी एउटै सामानको मूल्य प्रत्येक पसलमा अलग अलग तिर्नुपर्दा उपभोक्ता अन्योलमा पर्ने गरेका छन् । आइतबार बगरफाँटको एक पसलबाट रु ९० मा एक किलो चिनी किनेका उपभोक्ता तेजप्रसाद पौडेलले गाउँको पसलबाट रु ९५ मा किनेको बताउनुभयो । उपभोक्ता अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको छ । तरपनि व्यवहारमा भने उपभोक्ता सधैँ ठगिरहनुपरेको सरोकारवालाको बुझाइ छ । 

उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा नै उल्लेख गरिएको भए पनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिएको म्याग्दीका उपभोक्ता श्याम सापकोटाले बताउनुभयो । व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । इलेक्ट्रोनिक्स तराजुमा सामान राखेपछि कति तौल भयो भनेर माथिपट्टि राखिएको इन्डिकेटरमा रातो अक्षरले देखाउँछ । तराजुको सामान राख्न बनाइएको समतल भागमा जति तौलको सामान राख्यो, इन्डिकेटरले त्यति नै तौल देखाउनुपर्ने हो । तर, व्यवसायीले क्यालिब्रेसन परीक्षण गराउँदै २० देखि ५० ग्रामसम्म बढी बनाउने गरेका छन् । यसो गर्दा यदि क्यालिब्रेसनमा ५० ग्राम बढी बनाइएको छ भने ४५० ग्राम बराबरको वस्तु राख्दा सो तराजुले पाँच सय ग्राम (आधा किलो) परिमाण देखाउँछ ।

त्यसैगरी ठेला वा साइकलमा फलफूल बिक्री गर्ने धेरै व्यापारीले दुईतिर पल्ला भएको काँटावाला तराजु प्रयोग गर्छन् । तराजुको दुईतिर रहेको पल्लाको तौल बराबर हुनुपर्छ । तर, व्यापारीले एउटा गह्रौँ र अर्को तुलनात्मक रूपमा हलुका पल्ला प्रयोग गर्छन् । हलुका पल्लामा ढक र गह्रौँ पल्लामा फलफूल राख्छन् । गह्रौँ पल्लामा थोरै फलफूल राख्दा पनि धेरै हुन्छ र उपभोक्ता ठगिने अधिकारकर्मीले बताएका छन् ।