१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीया किशोरी बनिन् एक दिनको लागि फिनल्याण्डको प्रधानमन्त्री !



अ+ अ-

काठमाडौं । फिनल्याण्डमा एक दिनका लागि प्रधानमन्त्रीको पद १६ वर्षीया किशोरीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री सन्ना मरिनले एक दिन बुधबारका लागि आभा मुर्तो नाम गरेकाी १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन्। आभाले एक दिनको प्रधानमन्त्री हुँदा आफूले रमाइलो महसुस गरेकी बताएकी छन्।

आभालाई एक दिनका लागि प्रधानमन्त्री बनाईएपनि उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार भने दिईएको छैन् । उनलाई प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको हो।

फिनल्याण्डमा संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि यस्तो कार्यक्रम आयोजना गरिएको थियो । आभाले बैठकपछि पत्रकारले उनीमाथी गरिएको  प्रश्नको समेत उतर दिएकी थिईन् । हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। उनी गत वर्ष ३४ वर्षको उमेरमा प्रधानमन्त्रीमा चयन भएकी थिइन्।