२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.54

Humidity: 72

Latest
काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा आज जनआन्दोलन दिवस मनाइँदै रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको २४ सदस्यीय सचिवालय गठन (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । तेस्रो स्थायी कमिटीको बैठकले मंगलबार सचिवालय गठन गरेको हो ।

सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, प्रमेशकुमार हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाल, जयन्ती राई, धर्मनाथप्रसाद साह, भानुभक्त जोशी, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा  रहेका छन् ।

त्यस्तै, रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह, बलदेव चौधरी, श्रीनाथ बराल, गणेबहाुर विश्वकर्मा, राजेन्द्रकुमार राई, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डेय, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही रहेका छन् ।

साथै, नेकपा एसले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल पनि बनाएको छ ।

पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमासात सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।