३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व च्याम्पियन पलिस्था सम्मानित



अ+ अ-

काठमाडौं । विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् । पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो ।

पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १३ वर्षीया पलिस्थाले ३० केजी तौलसमूहमा स्वर्ण जितेकी हुन् । पलिस्थाले नेपालमै विभिन्न समयमा भएको तीन फरक संस्करणको इन्डो–नेपाल मुवाँथाईंमा तीन स्वर्ण जितेकी थिइन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपति लगायतको उपस्थिति थियो ।

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई निश्चित मापदण्ड बनाएर विवादरहित ढंगले पुरस्कृत गर्नु पर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष कक्षपतिले पूर्व खेलाडी श्रेष्ठलाई खेलाडीको हौसला बढाउने कार्य गरेकोमा धन्यवाद दिदै सानै सम्मानले पनि खेलाडीमा उर्जा सञ्चार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

सम्मानित पलिस्थाले भविष्मा अझ राम्रो प्रदर्शन गर्न मनोबल उच्च बनाएको बताउदै सम्मानले अन्य खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरणा दिने बताइन् ।