३ पुष २०८१, बुधबार
,
Latest
महन्थ ठाकुरले गरे केन्द्रीय समिति विस्तार, आठ जना मनोनीत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा ४ उपसमिति गठन रोहितलाई पछि पार्दै रवि बोपाराले बनाए उच्च स्कोर प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैनः कुलमान घिसिङ त्रिविको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छः मन्त्री भट्टराई टस जितेर सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्स प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा शीर्ष चार टिमहरु सबैले नगद पुरस्कार पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विजेता सहित प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने भएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै क्यानले विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ भने तेस्रो हुने टिमले २५ लाख प्राप्त गर्नेछ । चौंथो हुने टोलि पनि खाली हात जानेछैन । उसले १५ लाख रुपैयाँ पाउनेछ ।

एनपीएलको प्लेअफमा जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोजले स्थान बनाएका छन् ।