२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यु–१९ एसिया कपः नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन जोड्यो । नेपालका लागि कप्तान पूजा महतोले पच्चीस, एलिशाकुमारी यादवले अविजित बीस, साना प्रवीणले नौ, सोनी पाख्रिनले आठ, ज्योत्स्निका मरासिनीले छ रन जोडे ।

नेपालले अतिरिक्त १८ रन पायो । बलिङतर्फ भारतका परुनिका सिसोडियाले चार तथा अनन्दिता किशोर र मिथिलाले एक–एक विकेट लिए ।

नेपालले हिजो (सोमबार) पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर ४ मा प्रवेश गरेको थियो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।