१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यु–१९ एसिया कपः नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन जोड्यो । नेपालका लागि कप्तान पूजा महतोले पच्चीस, एलिशाकुमारी यादवले अविजित बीस, साना प्रवीणले नौ, सोनी पाख्रिनले आठ, ज्योत्स्निका मरासिनीले छ रन जोडे ।

नेपालले अतिरिक्त १८ रन पायो । बलिङतर्फ भारतका परुनिका सिसोडियाले चार तथा अनन्दिता किशोर र मिथिलाले एक–एक विकेट लिए ।

नेपालले हिजो (सोमबार) पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर ४ मा प्रवेश गरेको थियो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।