३ पुष २०८१, बुधबार
,
Latest
स्मृतिमा नातिकाजी: गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीको अनुभूति आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न चेम्बरको आग्रह श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छः सांसदहरु मिडल अर्डरमा राम्रो गर्न सकेनौं–जनकपुरका कप्तान आसिफ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया यी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई पहिलो खेलमा हराएको नेपालले आज भारतसँग खेल्दै



अ+ अ-

काठमाडौं । पाकिस्तानलाई पहिलो खेलमा पराजित गरेको नेपालले आज एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा भारतसँग् खेल्दै छ ।

मलेसियाको क्लालालम्पुरस्थित बायुमास ओभरमा हुने खेल नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुने छ । नेपाल समूह बी मा छ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

आईसीसी यू१९ महिला टी–२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू–१९ विश्वकप र यू १९ एसिया कपमा छनोट भएको थियो ।

यू–१९ महिला विश्वकप पनि आगामी जनवरी–फेब्रुअरीमा हुँदैछ ।