२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई छाड्न अस्वीकार गरेको छ ।

ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको झालाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो ।

यस्तै, पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापालाई पनि अदालतले थुनामै राख्न जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ ।

थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । गत बिहीबार न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बेचन झालाई कारागारमै राख्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

झा र थापाले जिल्लाबाट भएको आदेशको पुनर्विचार गर्न भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । झा र थापा गत असार १४ गते पक्राउ परेका थिए । उनीहरू लामो समयसम्म फरार रहँदै आएका थिए ।