२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले ब्रन्टफोर्डलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ ।

गएराति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीलाई जित दिलाउन खेलको ४३ औं मिनेटमा मार्क कुकुरेलाले तथा ८० औं मिनेटमा निकोलस ज्याक्सनले गोल गरे ।

ब्रेन्टफोर्डका ब्रायन एम्बेउमोले एक गोल फर्काए । जितसँगै चेल्सीले शीर्षस्थानको लिभरपुलसँग अंकदुरी घटाएको छ ।

लिभरपुलको १५ खेलबाट ३६ अंक छ भने दोस्रो स्थानको चेल्सीको १६ खेलबाट ३४ अंक छ ।