१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाब्बा टेस्टः अष्ट्रेलियाको पहिलो इनिङ्समा ४ सय पार रन, हेड र स्मिथको शतक



अ+ अ-

काठमाडौँ । भारतविरुद्धको गाब्बा टेस्टमा अस्ट्रेलियाले बलियो सुरुवात गरेको छ । खेलको दोस्रो दिन आइतबार भएको पहिलो इनिङ्समा टोलीले ७ विकेट गुमाएर ४ सय ५ रन बनाएको छ । विकेटकिपर एलेक्स केरी ४५ रनमा अविजित र मिचेल स्टार्क २० रनमा अविजित फर्किए ।

ब्रिसबेनको द गाब्बा मैदानमा खेलिएको उक्त खेलमा आयोजक टोलीले २८र० को स्कोरबाट खेल सुरु गरेको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले १०१ रनको शतकीय पारी खेले भने ट्राभिस हेडले १५२ रन बनाए ।

यी दुईबीच चौथो विकेटका लागि २४१ रनको साझेदारी भयो । ओपनर उस्मान ख्वाजा २१ रन बनाएर आउट भए । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए । मोहम्मद सिराज र नितिश राणाले एक–एक विकेट लिए ।

यस खेलको पहिलो दिन पानी परेको थियो । शनिबार मात्र १३.२ ओभर बलिङ गर्न सकियो । भारतीय टोली टस जितेर बलिङ गरिरहेको छ । हाल, बोर्डर–गावस्कर ट्रफी एक एक बराबरीमा छ । भारतले पहिलो टेस्ट २९५ रनले जितेको थियो भने दोस्रो खेलमा १० विकेटले जितेर अस्ट्रेलियाले पुनरागमन गरेको थियो ।

 




भर्खरै