१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयमसेवी संस्था गठन, समस्या भएका परिवारलाई राहत वितरण पनि गर्ने



अ+ अ-

काठमाडौं । आपतकालिन अवस्थामा प्राथमिक उपचार नागरिक स्तरबाट काम गर्नका लागि स्वयमसेवी संस्था गठन भएको छ ।  

विभिन्न खालका दुर्घटना, चोटपटक, विरामी लगायतको तत्काल प्राथमिक उपचार गर्ने गरी स्वयमसेवी संस्था योगदान राष्ट्रका लागि गठन भएको हो । बेहोस भएको, अंगभंग भएको, करेण्ट लागेमा, सर्पको टोकाए, रक्तश्राव, आगोले पालेको विष सेवन गरेको, हृदयघात, दम, पानीमा डुबेको, प्राकृतिक विपत्ति लगायतका जोखिमा काम गर्न संस्था गठन भएको हो । युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पुर्याउने उद्देश्यले गठनभएको संस्थामा अहिले २ हजार बढी सदस्यहरु जोडिएको अध्यक्ष ओम उप्रेतीले बताउनुभयो । नेपालमा हजारौ संघ संस्थाहरु दर्ता भएपनि कोरोना महामारीको समयमा स्वयमसेवा गर्ने व्यक्ति र संस्थाहरु नभेटिएकाले ‘योगदान राष्ट्रका लागि’ गठन भएको बताउनुभयो । 

योगदान राष्ट्रका लागि संस्थाले दिप प्रज्वलन, वृक्षारोपण, रक्तदान, कोरोनालाई मध्यनगर गर्दै मास्क र सेनिटाइजरको सही प्रयोग र विरण लगायतका कार्यक्रम गर्दै आएको छ । यसैगरी कोरानाका कारण दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई राहत वितरणका काम पनि संस्थाले गर्दै आएको छ ।