९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह

ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह
फाइल फोटो
अ अ+ अ-

काठमाडाैँ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्न/गराउन सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बँच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहले निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको श्रव्यदृश्य साम्रगी सार्वजनिक भएपछि आलोचना भएको थियो । त्यसबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “कानुनका अगाडि कोही सानो वा ठूलो हुँदैन । नियम सबैले पालना गर्नुपर्छ । सोहीकारण मैले पनि हेलमेट नलगाएर मोटरसाइकल चलाएको सामग्रीबारे आलोचना भएपछि जरिवाना तिरेको छु । आफ्नो सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिन सबै माझ जरिवाना तिरेको विषय सार्वजनिक गरेको हुँ ।”

मुख्यमन्त्री शाहले जरिवानाबापत रु पाँच सय तिर्नुभएको थियो । यसैबीच, मुख्यमन्त्री शाहले मनसुनी वर्षा सक्रिय भइसकेकाले सुदूरपश्चिमको भौगोलिक स्थिति, नदीनाला, बाटोघाटोलगायत क्षेत्रमा वर्षाका कारण हुनसक्ने समस्याबारे सचेत रहन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले सम्भावित जोखिमको आकलन गरी प्रदेशका सबै संयन्त्र तयारी अवस्थामा रहेका जनाउँदै सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सोहीअनुसार तयार रहन आग्रह गर्नुभयो ।

“वर्षा सुरु भइसकेको छ । यसले निम्त्याउने समस्याबारे सबै सचेत रहौँ । सरकार सुरक्षाका सबै उपायबारे पूर्वतयारी अवस्थामा छ । नागरिक र सबै सरोकार भएकाहरू पनि सचेत रहनुहोला”, उहाँले भन्नुभयो ।