१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन



फाइल तस्बिर : रासस
अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ ।

प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११, असार १६ र आज पनि तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा असार १९ गते शुक्रबार दिउँसो १ः०० बस्ने समय तोकिएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक शुक्रबार १ः०० बजे बस्नेगरी समय निर्धारण गर्नुभएको हो ।

आजको बैठकको कार्यसूचीमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ अन्तर्गत सबै मन्त्रालयका विभिन्न शीर्षकमाथिे समूहीकृत रूपमा छलफल हुने उल्लेख थियो ।