४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक

जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक
अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न जनताको करबाट संकलित रकम वा वैदेशिक ऋण प्रयोग गर्नु स्वीकार्य नहुने बताएकी छन्।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद विकले सहकारी पीडितलाई राहत दिने नाममा राज्यकोषमा थप भार पार्ने व्यवस्था गर्न नहुने धारणा राखिन्। उनले यस्तो कदमले राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पार्नुका साथै सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिने चेतावनी दिइन्।

उनले सरकारले विदेशबाट ऋण लिएर वा जनताको करबाट संकलित रकम प्रयोग गरेर बचतकर्ताको रकम फिर्ता गर्ने नीति उचित नहुने स्पष्ट पारिन्। उनका अनुसार यस्तो व्यवस्था दीर्घकालीन रूपमा राष्ट्रका लागि घाटाको विषय बन्नेछ।

सांसद विकले हाल देशभर ३४ हजार सहकारी संस्था दर्ता रहेको जानकारी दिँदै तीमध्ये १७ हजार ऋण तथा बचत, १२ हजार कृषि र पाँच हजार बहुउद्देश्यीय सहकारी रहेको बताइन्। उनले सबैभन्दा बढी समस्या ऋण तथा बचत सहकारीमा देखिएको उल्लेख गरिन्।

उनले तीनखम्बे अर्थनीतिअनुसार सहकारी क्षेत्र सञ्चालन र लगानी अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको टिप्पणी गर्दै स्वरोजगार कोषबाट परिचालित रकम पहुँचवाला र बजारमुखी सीमित भएको आरोप लगाइन्। सही ढंगले परिचालन हुन नसक्दा सहकारी क्षेत्रले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ थियो।

सांसद विकले सहकारीसम्बन्धी कानुन परिमार्जन गरी सर्वसाधारणले बिना धितो सहज रूपमा ऋण प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार सहकारीको मूल उद्देश्य जनताको आर्थिक पहुँच विस्तार गर्नु भएकाले विधेयकमा त्यसअनुरूपको व्यवस्था समावेश हुन आवश्यक छ।