१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित
अ अ+ अ-

काठमाडाैँ । दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक अन्यौलमा परेको छ । बुधबार दिउँसो १ः०० बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोधका कारण बसेको केहीबेरमै स्थगित भएको थियो ।

प्रदेश सरकारले प्रदेशसभामा यही असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विद्येयकमा व्यापक त्रुटी रहेकाले संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षीदल जनता समाजवादी पार्टी (जसपा), नेपाल र जनमत पार्टीले बैठक अवरुद्ध गरेको हो । अवरुद्ध बैठक सञ्चालन गर्न सभामुख रामअशिष यादवको पहलमा सत्तापक्षी र प्रतिपक्षीय दलका नेताहरूबीच बुधबारदेखि छलफल भइरहेपनि सहमति जुट्न नसक्दा बैठक अन्यौलमा परेको हो ।

बैठकलाई नियमित रूपमा सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको र सहमति भएपछि बैठक सञ्चालन हुने प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

बुधबार बसेको बैठकको सुरुमा प्रतिपक्षी दुवै दलका प्रदेशसभा सदस्यहरूले सरकार आफ्नै नीति तथा कार्यक्रममार्फत घोषणा गरेको विषयलाई बेवास्ता गर्दै साना र टुक्रे योजनामा बजेट विनियोजन गरेको तथा बजेटमा प्रतिपक्षमाथि विभेद् गरिएकाले त्यसलाई संशोधन नगरेसम्म बैठक सञ्चालन हुने नदिने अडान लिएपछि सभामुख यादवले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।