३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ

मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
अ+ अ-

काठमाडौँ: सडक विभागले मनसुनका समयमा हुनसक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च शतर्कताका साथ पूर्वतयारी पूरा भएको जनाएको छ । विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधिअनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारु राख्न विशेष योजना अघि सारेको हो ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार विभागले हेर्ने कुल १५ हजार किलोमिटर सडक सञ्जालमध्ये करिव १० हजार किलोमिटर ‘अल वेदर’ सडकमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । विभागले तय गरेको नीतिअनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखिएको छ ।

प्रविधिको प्रयोग र उपकरण परिचालन

विगतका वर्षहरूमा म्यानुअल तरिकाले सूचना सङ्कलन गर्ने गरिए पनि यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोगलाई तिब्रता दिएको छ । महानिर्देशक जैसीले ‘सेतु’ नामक सफ्टवेयरमार्फत देशभर रहेका २ सय ७७ वटा हेभी इक्विपमेण्ट र तिनका अपरेटरहरूको ‘लाइभ लोकेसन’ ट्रयाक गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस सफ्टवेयरको माध्यमबाट कुन उपकरण र अपरेटर कहाँ छन् भन्ने कुराको प्रत्यक्ष निगरानी गर्न सकिन्छ । कुनै स्थानमा पहिरो गएको सूचना आउनासाथ सो स्थानको सबैभन्दा नजिक रहेको मेसिनलाई तत्काल परिचालन गर्न यसले सहज बनाउनेछ ।’

विभागको यान्त्रिक महाशाखा र सिभिल डिभिजन कार्यालयहरूबीच समन्वय गरी उपकरणहरूलाई जोखिमयुक्त क्षेत्रको नजिकै तयारी अवस्थामा राखिएको छ ।

पहिरो नियन्त्रण र जोखिम न्युनिकरण

नेपालको भौगोलिक बनावट र कमजोर भू–बनावटका कारण जुनसुकै स्थानमा पहिरोको जोखिम रहने तथ्यलाई आत्मसात गर्दै विभागले सम्भावित जोखिमयुक्त स्थानहरूको पहिचान गरेको छ । बजेट र क्षमताको अभावका कारण पहिचान भएका सबै स्थानमा स्थायी रोकथाम गर्न नसकिए पनि नागढुङ्गा–मुग्लिङ, नारायणगढ–मुग्लिङ र कान्ति लोकपथका मुख्य पहिरोहरूलाई बायो–इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ जस्ता प्रविधिमार्फत स्थिर (स्ट्याबलाइज) गरिसकिएको विभागले जनाएको छ ।

विशेष गरी झ्याप्ले खोला, महेश खोला र कृष्णभिर जस्ता पुराना र जटिल पहिरोहरूलाई नियन्त्रणमा लिइएको छ भने नारायणगढ–मुग्लिङ खण्डको तुइन खोला र कान्ति लोकपथका केही स्थानमा काम जारी रहेको छ ।

यात्रुहरूलाई सुरक्षित यात्राको अपिल

महानिर्देशक जैसीले मनसुनको समयमा यात्रा गर्दा मौसम पूर्वानुमान विभागको बुलेटिन र सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

‘अत्यावश्यक काम नपरी जोखिमपूर्ण मौसममा यात्रा नगर्न र सुरक्षा निकाय तथा सडक विभागका कर्मचारीहरूको निर्देशन पालना गर्न हामी अनुरोध गर्दछौँ ।’ उहाँले भन्नुभयो ।

सडकमा कुनैपनि विपत्ति आइपरेमा विभागको हटलाइन, सुरक्षा निकाय वा नजिकैको प्रहरी चौकीमा तत्काल खबर गर्न समेत विभागले सूचित गरेको छ । निर्माणाधीन सडकहरूको हकमा निर्माण व्यवसायीलाई नै जिम्मेवार बनाइएको र अन्य सडकमा विभागले २४ सै घण्टा सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । –न्युज एजेन्सी नेपाल