काठमाडौ । २६ दिन देखी चिकित्सा शिक्षा र स्वास्थ्थ क्षेत्र सुधारको माग राख्दै अनसनका बस्नुभएका डा.गोबिन्द केसी पक्ष वार्ता टोली र सरकारी वार्ता टोली एउटा शब्दमा सहमति हुन नसक्दा गएको २४ घन्टादेखि अर्थात् बिहिबार साँझदेखी औपचारीक वार्ता नै हुन सकेको छैन ।
मूल बिषयमा सहमति भएपनि आई एम ओको डिन बनाउदा बरिष्ठलाई आधार मान्ने कि मुलतः बरिष्ठलाई आधार मान्ने बिषयमा कुरा टुंगो नहुदा २४ घण्टा यता औपचारीक वार्ता हुन नसकेको हो । केही समय अघि सम्म आई एम ओ मा बरिष्ठतालाई मिचेर प्रधानमन्त्रीका निजी चिकित्सक डा दिब्या सिंह शाहलाई नियुक्ति गरिएको थियो ।
डा.शाहले डा केसीको पनि उपचार गर्दै आइरहनु भएको छ । सुरुमा दिब्याको नियुक्ति केसी पक्षले अस्वीकार गर्ने अडान राखेपनि डा केसी आफैले दिब्याको बिषयलाई प्राथामिकता नदिन र उहाँलाई स्वीकार गर्ने जनाउ दिनुभएको छ ।
यस बाहेक अन्य मूल बिषयमा दुबै पक्षबिच सहमति भैसकेको छ । यस बिषयमा मुलतः बिषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीको राय लिन गएको सरकारी टोली बार्तास्थलमा आईपुगेको छैन । सरकारका तर्फबाट शिक्षा सचिब गोपीनाथ मैनालीको टोली र डा.केसीको तर्फबाट डा. जीबन क्षेत्रीको टोली वार्तामा रहेका छन् ।










