पेरिस: फ्रेन्च ओपन ग्रान्डस्लामको फाइनलमा पुरानै प्रतिद्वन्द्वी राफेल नाडाल र नोभाक जोकोभिच बीच हुने भएको छ ।
गएराति भएका सेमिफाइनलमा दुबै खेलाडीले आफ्ना प्रतिद्वन्द्वीलाई हराएर फाइनलमा पुगेका हुन् । अब फाइनल खेल आइतवार हुनेछ ।
सेमिफाइनलमा जोकोभिचले निकै संघर्षपूर्ण खेलमा पाँचौँ वरियताका ग्रीक खेलाडी स्टेफानोस चिचिपानोसलाई ६-३, ६-२, ५-७, ४-६, ६-१ को सेटमा पराजित गरेका थिए ।
उता, फ्रेन्च ओपनका बादशाह नाडालले अर्जेन्टिनाका डिएगो स्वार्जम्यानलाई तीन सोझो सेटमा सहजै पराजित गरे । नाडालले विश्व ग्रान्डस्लाम १३ पटक जितिसकेका छन् ।
नाडाल र जोकोभिचबीच यसअघि ५५ पटक आमनेसामने भइसकेका छन् ।










